गोरखाको गण्डकी गाउँपालिकामा झडप


गाेरखा – गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ को ज्ञानमार्ग मावि मतदान केन्द्र ‘ख’ मा छोराले आमाकाे भाेट हाल्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ ।

विवाद बढ्दै गएपछि दुई पक्षबीच झडप समेत भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । अहिले मतदान स्थगित गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको मतदान अधिकृत रामलाल श्रेष्ठले जानकारी दिए ।

अहिले सेना घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया