१ लाख ८६ हजार रूपैयाँसहित काठमाडौंबाट ९ जुवाडे पक्राउ


काठमाडाैं – काठमाडौंमा ९ जना जुवाडे पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-१७, क्षेत्रपाटीस्थित होटल गणेश हिमालमा तास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-५ सीतापाइला बस्ने मुस्ताङका ६८ वर्षीय मीनबहादुर गुरुङलगायत ८ जनालाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो ।

होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८६ हजार ९५० रूपैयाँ र ९ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया