थप १५ जनामा काेराेना सङ्क्रमण पुष्टि, १७ जना निको


काठमाडाैं – पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी तीन हजार चार सय ५३ जनाको नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएकाे मन्त्रालयले जनाएको छ ।

यस्तै थप १७ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय १५ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन ।

यसैबीच यही अवधिमा ८४ हजार ६ सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया