‘दुबई पठाइदिने’ भन्दै ९ लाख ५० हजार ठगी आरोपमा २ जना पक्राउ


काठमाडौं – ‘दुबई पठाउँछौं’ भनेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको विरगञ्ज महानगरपालिका-५ घर भई ललितपुरको ठेँचो बस्दै आएका ६० वर्षीय हरी बहादुर तामाङ र ३३ वर्षका विकास तामाङ छन् ।

मोरङको रतुवामाई नगरपालिका घर भएका २० वर्षीय विक्रम मिश्र सहित ५ जनासँग ‘युनाइटेड अरब इमिरेट्स पठाउँछौ’ भनेर ९ लाख ५० हजार लिएर उनीहरु सम्पर्क बिहिन भएका थिए ।

आरोपी विकास तामाङलाई चुच्चेपाटीबाट र हरि बहादुरलाई ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  जनाएकाे छ ।

आरोपीहरुले दुबईको प्रतिष्ठित कम्पनी अलसायामा सेल्सम्यानको काम लगाइदिने र मासिक ३ हजार दिराम तलव हुने आश्वासन दिएर प्रतिव्यक्ति १ लाख ९० हजार रुपैयाँ असुलेका थिए ।

प्रतिक्रिया