
गोरखामा जन्ती चढेकाे जीप दुर्घटना, ३ जनाको मृत्यु
गोरखा – गोरखाको सिरानचोक गाउँपालिका ५ आरुबोटेमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएकाे छ ।
बा १४ च ७८१ नम्बरको जीप आज बेलुकी आरुबोटेको फिरफिरे भिरबाट तल खसेर दुर्घटना भएकाे प्रहरी उपरीक्षक (एसपी) केदार खनालले बताए ।
गोरखामा जन्ती आएर चितवन फर्कँदै गरेकाहरू चढेको जीप दुर्घटना भएकाे हो । घटनास्थलमा केहीबेरअघि प्रहरी टाेली पुगेको छ । मृतकको पहिचान र अन्य विवरण आउन बाँकी रहेको एसपी खनालले जानकारी दिए ।



कागजपत्र |
