

काठमाडौंको सरस्वतीनगरबाट तास खेलिरहेको अवस्थामा ७ जना जुवाडे पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौं महानगरपालिका(६ सरस्वतीनगरबाट ७ जनालाई पक्राउ गरेको छ ।
ओखलढुङगा चम्पादेबी गाउँपालिका-८ घर भएका ४४ वर्षीय भिम बहादुर गुरुङको होटेलभित्र जुवातास खेलिरहेको अवस्थामा गुरूङ लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त होटेलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार १ सय १० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

