धितोपत्र दलाल व्यवसायीलाई स्क्रन एग्जिविशन कक्ष खुला गर्न निर्देशन


काठमाडौं – पाल धितोपत्र बोर्डले आइतबारदेखि धितोपत्र दलाल व्यवसायीलाई स्क्रन एग्जिविशन कक्ष खुला गर्न निर्देशन दिएको छ । दोस्रो बजार कारोबारमा ब्रोकरको डिस्प्ले बन्द गराएर सेयर कारोबार भएको २ वर्षपछि मात्रै लगानीकर्ताले डिस्प्ले हेरेर सेयर कारोबारमा संलग्न हुन पाउने भएका हुन् ।

बोर्डले विश्वव्यापी महामारीको रुप लिएको कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै ब्रोकरको कार्यालयमा भीडभाड नहोस् भन्ने अभिप्रायले २०७६ चैतदेखि स्क्रिन एग्जिविशन कक्ष बन्द गराएको थियो ।

हाल कोरोना भाइरसको संक्रमण दर न्यून भई नेपाल सरकारले कोरोना भाइरसको जोखिमको समयमा पूर्ण वा आंशिक रुपमा बन्द गरेका अधिकांश क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो गरिसकेको सन्दर्भमा कोभिड-१९ को न्यूनीकरणका लागि तोकिएको सुरक्षा व्यवस्थाहरुको पालना गर्नेरगराउने गरी धितोपत्र दलाल व्यवसायीहरुको स्क्रिन एग्जिविशन कक्ष सुचारु गर्न बोर्डले सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया