दुई कम्पनीको ७१ लाख ८० हजार ८९१.३० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत


काठमाडौँ-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको ७१ लाख ८० हजार ८९१.३० कित्ता बोनस सेयर सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा महालक्ष्मी विकास बैंक र सुर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत भएको हो ।

महालक्ष्मी विकास बैंकको ६६ लाख ८४ हजार ८०५.४५ कित्ता बोनस सेयर सुचिकृत भएको हो।  बैंकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

यस्तै, सुर्योदय लघुवित्तको ४ लाख ९६ हजार ०८५.८५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत ओन्स सेयर दिने प्रस्ताव गरेको थियो।

प्रतिक्रिया