सिद्धार्थ इन्स्योरेन्स कम्पनीको साधारण सभा बुधवार


काठमाडौं – सिद्धार्थ इन्स्योरेनस कम्पनीको २० औं वार्षिक साधारण सभा बुधवार चैत ३० गते हुने भएको छ । कम्पनीले सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटी मण्डपमा बिहान १०ः३० बजे हुने जानकारी दिएको छ ।  सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्रतिक्रिया