माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकको मृत्यु
डोटी – माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर डोटीमा आज (बिहीवार) एक किशोरको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा केआईसिंह गाउँपालिका ४ कारीगाउँका १३ वर्षीय दिनेश विक रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कान्तिराज जोशीले जानकारी दिए ।
आज बिहान घर पोत्नका लागि माटो लिन गएका उनी माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर घाइते भएका थिए । उनकाे उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लगिएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।