अटोमेटिक पेस्तोल र ४ राउण्ड गोली सहित एक व्यक्ति पक्राउ


बागलुङ – अटोमेटिक पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र ४ राउण्ड गोली सहित बुधबार बिहान प्रहरीले उक जनालाई पक्राउ गरेको छ ।

बडिगाड गाउँपालिका(५ ग्वालिचौर बस्ने ४० वर्षीय श्याम बहादुर रेश्मीलाई प्रहरी चौकी ग्वालीचौरबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया