छात्राका लागि विद्यालय खुलाउन माग गर्दै अफगानिस्तानमा प्रदर्शन


काबुल – अफगानिस्तानमा छात्रालाई पनि विद्यालयमा अध्ययनको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको छ । अफगानिस्तानको राजधानी काबुलमा महिलाहरुले विद्यालय खोल्न माग गर्दै प्रदर्शन गरेका समाचार संस्था एएफपीले जनाएको छ ।

विद्यालयमा पढ्न, पढाउन पाउनु आफूहरूको आधारभूत अधिकार भएकाले विद्यालय जान पाउने व्यवस्था गर्नुपर्ने प्रदर्शनकारीको माग छ । साथै उनीहरुले पदर्शनलाई राजनीतिक रुपमा नलिन पनि आग्रह गरेका छन् । अफगानिस्तानमा तत्कालीन तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि महिलाहरूलाई अध्ययन/अध्यापन तथा रोजगारीलगायतका कार्यमा सहभागी हुन नपाउने घोषणा गरेको थियो ।

सरकारको घोषणाप्रति विश्वभरबाट आलोचना भएको थियो । तालिबान सरकारले गएको हप्तादेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय खुला हुनुभन्दा केही घण्टा अगाडि सरकारले निर्णय उल्ट्याउदै छात्रालाई विद्यालय जान रोक लगाएको हो ।

प्रतिक्रिया