

लाभांश पारित गर्न साल्ट ट्रेडिङ कर्पोरेशनले बोलायो साधारण सभा

काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेशने ५५औं वार्षिक साधारण सभा चैत ३० गते गर्ने भएको छ । कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले सभा सोल्टी होटल, ताहचल, काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने निर्णय गरेको हो ।
सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाको अन्य प्रस्तावमा सञ्चालक नियुक्ती अनुमोदन गर्ने, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक अनुमोदन गर्ने रहेको छ ।
साधारण सभा तथा लाभांश प्रयोजनका चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

