वोमी र सूर्योदय लघुवित्तको चैत १९ गतेबाट एकीकृत कारोबार सुरु


काठमाडाैं – एक आपसमा मर्जरमा गएका वोमी र सूर्योदय लघुवित्तले चैत १९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई कम्पनी एक भएपछि सूर्योदय वोमी लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो । दुवै लघुवित्तको पुस १६ गते सम्पन्न विशेष साधारण सभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित भएको थियो ।

दुवै लघुवित्तबीच गत पुस २९ गते मर्ज हुने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । त्यस्तै, दुवै लघुवित्तबीच गत भदौ १५ गते एक आपसमा मर्जर हुने सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । मर्जर सम्झौता भएसँगै भदौ १६ गतेबाट दुवै कम्पनीको नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार रोक्का छ ।

प्रतिक्रिया