
टंकेश्वरबाट लागूऔषधसहित दुई पक्राउ
काठमाडौं – काठमाडौंको टंकेश्वरबाट प्रतिबन्धित लागूऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटेको बिशेष टोली लागूऔषध नाईट्राभेट सहित दुई जनालाई काठमाडौं १३ टंकेश्वरस्थित सडकखण्डमा पक्राउ गरेको हो ।
महानगरीय प्रहरी बृत्त कालिमाटीका अनुसार पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. ०४ घर भई हाल काठमाडौं महानगरपालिका १२ टेकु बस्ने २० को अनिश थापा मगर र भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्ला वरमाभोजका बर्ष १९ को अजय गौतम छन् ।
पक्राउ परेका उनिहरूको साथबाट प्रहरीले लागूऔषध नाईट्राभेट ९०० पिस र एण्ड्रोइड मोबाइल दुई थान बरामद गरेको छ ।
पक्राउ गरेका दुईजनालाई लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी बृत्त कालिमाटीबाट थप अनुसन्धान भई रहेको प्रहरी जनाएको छ ।



कागजपत्र |
