
सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान
काठमाडाैं – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठविरुद्ध मंगलवारदेखि लागू हुनेगरी १० दिनभित्र उजुरी दिन आह्वान गरेको छ ।
सिंहदरबारस्थित सोमवार बसेको समितिको बैठकले उजुरी दिन आह्वान गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठकमा सुनुवाइको काम प्रारम्भ हुने जानकारी दिए ।
न्यायपरिषद्ले फागुन २६ गते विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।



कागजपत्र |
