

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ, शङ्का नगरे हुन्छ : माधव नेपाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताएका छन् । आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले त्ययस विषयमा कसैलाई पनि आशङ्का नगर्न आग्रह गरेका हुन् ।
‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने कुरा भएको छ । हामी पनि सरकारमा सहभागी छौँ । हामीले विश्वासको मत नदिने प्रश्नै उठ्दैन । मिडिया साथीहरू कसैले शङ्का–उपशङ्का नगरे हुन्छ, कुनै इफ, कुनै बट छैन । विथआउट रिजर्भेसन हामी मत दिनेछौँ ’ उनले भने ।

