प्रधानमन्त्रीलाई विश्वासको मत लिन रोक लगाउन माग गर्दै उपेन्द्र सर्वोच्चमा


काठमाडाैं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिने गरी संसद सचिवालयमा पत्र पठाएको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

जसपा नेपाल विभाजनसम्बन्धी रिटमा यसअघि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको आधारमा टेकेर यादवले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

पार्टी विभाजनबारे सर्वोच्चले अन्तरिम आदेश दिएको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिँदा सात जना सांसदले गर्ने मतदान अवैध हुने भएकाले रिट दायर गरिएको जसपा नेपालका प्रवक्ता मनिस सुमनले बताए ।

सर्वोच्चले सोमबार लागि पहिलो पेसी तोकिसकेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया