‘ए रवि दाई, खोई त जिवी राई ?’


काठमाडाैं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ । संसदीय छानबिन समितीको माग गर्दै संसद् अवरुद्ध गरेको कांग्रेसले अहिले सडकमा पनि प्रदर्शन गर्न थालेको छ ।

आइतबार पनि  नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ले काठमाडौंको माइतीघरमा सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिको माग गर्दै विरोध गरेको छ ।

नेविसंघले  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धका विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरूले ए रवि दाई  खोई त जिवी राई, चिया छानेको सहकारी ठग जोगाउन जानेको, लुट्न सके लुट कान्छा,लुट्न सके लुट,अरु देशमा पाइदैन नेपालमै लुट नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया