

महाकालीमा पौडी खेल्न गएका १७ वर्षीय किशोर बेपत्ता

कञ्चनपुर- महाकाली नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् । शनिबार साँझ दोधारा चाँदनी नगरपालिका–९, ढकनाघाटनजिकै स्थानीय १७ वर्षीय विष्णु सुनार बेपत्ता भएका हुन् ।
बेपत्ता भएका सुनारको खोजी सुरु गरिए पनि अझै पत्ता लागेको छैन । सशस्त्र प्रहरीको गोताखोर टोलीसँगै प्रहरी र स्थानीय खोजीमा जुटेका छन् ।

