
वास्तवमा मैले त प्रधानमन्त्री हुन चाहेकै थिइनँ : प्रधानमन्त्री देउवा
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य दलहरुको सहयोगमा आफु प्रधानमन्त्री भएको बताएका छन् ।
नेपाली कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । देउवाले आफू प्रधानमन्त्री भएपछि देशको अवस्थामा बदलाव आएको बताए ।
देउवाले भने, ‘म प्रधानमन्त्री हुँदाको अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ । वास्तवमा मैले त प्रधानमन्त्री हुन नै चाहेकै थिइनँ । मलाई गठबन्धनका सबै साथीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हुँ, ।
देउवाले पछिल्लो राजनितिक घटना क्रमलाई जोड्दै अहिलेकै अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताए । उनले सत्ता गठबन्धन दलहरूबीच गठबन्धन गरेरै चुनावमा प्रतिस्पर्धा गर्नेबारे छलफल भइरहेको बताउँदै उनले भने, ‘यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याएर सरकार बनाउन सक्दैन । सरकारका लागि गठबन्धन आवश्यक हुन्छ, ‘अहिले गठबन्धनका सरकार हुँदा मिलेर चुनाव लडियो भने स्थानीय तह, प्रदेश र केन्द्रमा पनि हाम्रो गठबन्धनको सरकार रहिरहन सक्छ ।’
प्रधानमन्त्री देउवाले गठबन्धन सरकारले जनताका अधिकारहरूलाई ग्यारेण्टी गर्ने बाटोमा मुलुकलाई अघि बढाएको समेत बताएका छन् ।



कागजपत्र |
