एमाले अध्यक्ष ओलीलाई कांग्रेस प्रवक्ता महतको जवाफ– नेपालको जंगल सबै हरियो छ, सबै मास्ने त ?


काठमाडौं — नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हरियो रङमा आपत्ति जनाएकोप्रति आश्चर्य प्रकट गरेका छन् ।

निर्वाचन आयोगले मतपत्रमा हरियो रङ राख्न लागेको विषयमा आपत्ति जनाउँदै ओलीले ‘कांग्रेसको रुखको रङ हरियो हुन्छ भन्दैमा मतपत्रमा हरियो रङ राख्न नहुने’ बताएका थिए ।

कांग्रेसले स्थानीय तह निर्वाचनकेन्द्रित पहिलो चरणको अभियान घोषणाका लागि बुधबार आयोजित पत्रकार सम्मेलनमा ओलीको टिप्पणीको प्रतिक्रिया दिएको हो ।

उक्त अवसरमा प्रवक्ता महतले ओलीको टिप्पणीले कांग्रेस बहुमतमा आउँदै छ भन्ने संकेत गरेको भन्दै जनताबाट प्राप्त हुने मतबाट नआत्तिन आग्रह गरिएको छ ।

“हरियो रङमा नै आपत्ति हुने हो भने त नेपालको सारा वनजंगल नै फाँड्नुपर्ने हुन्छ,” कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले भने, ‘एमाले अध्यक्ष ओलिले मतपत्र हरियो बनाउने निर्वाचन आयोगको बिरोध गर्नु भएछ । ४० प्रतिशत बन जंगल हरियाली छ । अब के जंगल नै मास्ने त ?’

प्रतिक्रिया