९८७ कम्पनीहरु कालोसूचीमा, कुन कुन कम्पनी परे ?


काठमाडौं – फागुन महिनामा ९८७ कम्पनीहरु कालोसूचीमा परेका छन् । कर्जा सुचना केन्द्रको तथ्याङक अनुसार चालु आर्थिक वर्षको फागुन महिनाको २२ दिनमा ९८७ कम्पनीहरु कालो सुचीमा परेका हुन् ।

कालोसुचीमा पर्ने कम्पनीहरुमा हार्डवयर सप्लायर्स देखी ट्राभल एण्ड टुसरजम कम्पनीसम्म रहेका छन् । कालोसुचीमा परेका कम्पनीहरुमा राइजिङ कन्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालि, ग्लोबल मार्ट प्रालि, हेटाँैडागढी निर्माण सेवा, राइजिङ मल्टी बिजनेश प्रालि, अजिमा कृषि फार्म एण्ड पशुपति फर्म प्रालि, होटल हाइवे किङ एण्ड रेष्टुरेन्ट, क्राफ्ट इन्जिनियरिङ कम्पनी, डिसएम मिनिरल वाटर एण्ड वेभरेज इन्डष्ट्रि रहेका छन् ।

त्यसैगरी  पितम्बरा ब्याग उद्योग, पशुपति  हार्डवयर एण्ड इलेक्ट्रिक कम्पनी, स्मृति सेभिङ एण्ड को अपरेटिभ लिमिटेड, रसुवा डिष्टिलरी एण्ड फ्रुट्स इन्डष्ट्रि कम्पनी रहेका छन् । केन्द्रको तथ्याङक अनुसार सोही अवधिमा सन्जिवनी हस्पिटल एण्ड आइभिएफ सेन्टर, तारा ह्यान्डी क्राफ्ट ट्रेडर्स एण्ड एक्पोर्ट, वल्र्डवाइड मेनपावर कम्पनी, नमुना मार्ट डिपार्टमेन्ट स्टोर,नेशनल रिसर्च एण्ड डेभलपमेन्ट क्रियशन प्रालि, द कन्चनजंघा कन्ट्रक्शन प्रालि, अलइनवान टेक्निकल ट्रेनिङ इन्टिच्युट आदि कम्पनीहरु पनि परेका छन् ।

त्यस्तै यस अवधिमा हिमालय ग्रुप अफ कम्पनी, आरएनएस कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, शंकरमाली निर्माण सेवा प्रालि, किरणोदय बहुउद्देश्य सहकारी संस्था, युनिभर्सल युपिभिसि एण्ड आल्मुनियम प्रालि कम्पनी कालोसुचीमा परेका हुन् ।

 

प्रतिक्रिया