महिला सशक्तिकरण सबैको साझा विषय हाे : प्रधानमन्त्री देउवा

महिला अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्छ


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले प्रत्याभुत गरेका महिला अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।

मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले महिलाहरुका लागि संविधानले दिएको सबै प्रकारको हक तथा अधिकारलाई सुनिश्चित गर्न सम्वद्ध सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताएका हुन् ।

संविधानले महिलामाथि हुने भेदभावको अन्त्य गर्दै समानुपातिक, समावेशी र समतामुलक समाज निर्माणको संकल्प गरेको भन्दै उनले महिलालाई समान वंशिय हक, पैतृक सम्पतिमा हक, सुरक्षित मातृत्व र प्रजनन्सम्बन्धि हक प्रदान गरिएको बताए ।

प्रधानमन्त्री देउवाले महिला सशक्तिकरणको विषय सबैको साझा विषय भएकाले तिनै तहको सरकारले पहलकदमी लिनु आवश्यक रहेको बताए। प्रधानमन्त्री देउवाले महिलामाथि हुने लैंगिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मुल गर्न शुन्य सहनशीलताको नीति अपनाई सरकारले काम गरिरहेको बताए ।

सरकारले महिलाहरुको आर्थिक अवस्थालाई उकास्न राष्ट्रपति महिला उत्थान कार्यक्रमअर्न्तगत महिला उद्यमशीलता तथा जीविकोपार्जनको कार्यक्रम चलाएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउने उनले बताए ।

प्रतिक्रिया