नारीलाई ‘नारी’ रहन दिने तमाम् पुरुषलाई सलाम !


आज त्यहाँ बिरोध भईरहेको थियो । लोग्ने मान्छेलाई गालि गरिरहेका थिए, अनि माथिल्ला घरे काकिले मलाई पनि बिरोध गर्न बोलाइन्, म पनि तालि बजाउन गएँ, त्यो भिड ठुलो देखाउन गएँ, अनि जब त्यहाँ धेरै आरोप लागियो नि यो हातहरु काँप्न थाले । तालिको लागि उठ्न सकेनन्, मस्तिष्कले केही सोच्न सकेनन् अनि म निःशब्द भएर फर्किएँ किन कि म सम्मान गर्छु पुरुषलाई ।

हो, आज धेरै शोषण भएको छ। हत्या-हिंसा अनि बलात्कार भएको छ, आफ्नै चेलिमाथि कु-दृष्टि लगाएका छन्, तेजाबले जलेर नारीहरु छट्पटिइरहेका छन्, धेरै शोषण गरेका छन् पापीहरुले तर तिनिहरुलाई म पुरुष भन्न सक्दिनँ, तिनीहरु पुरुषको खोल ओडेका दानव हुन् । त्यसैले मेरी दिदीहरु, काकीहरु अनि मेरी भाउजुहरुले तालि बजाएको ठाउँमा म उभिन सक्दिन, म लाचार छु, किनकि म सम्मान गर्छु, लोग्ने मान्छेलाई ।

२४ वर्षको उमेरमा मेरि प्यारी हजुरमाले यो संसार छोडेर जाँदा, मेरी फूपू अनि बाबा टुहुरो हुन्छन् भनेर २७ बर्षको मेरो हजुरबुबाले एक्लै जीवन कटाउनु भयो रे । अनि त्यो पुरुषलाई म कसरी नराम्रो भनुँ त्यो त्यागलाई कसरी गलत साबित गरुँ ?

थाहा नै नपाई रजस्वला भएर बाहिर कपडामा छापिएको दिन मेरै केटी साथीले खिल्ली उडाइरहँदा मेरो केटा साथि मेरो आँशु पुछ्दै पसलबाट प्याड किनेर ल्याईदिन कत्ति लाज मानेन, अनि म कसरी खिल्ली उडाउँ त्यो पुरुषको ?

जब म यो संसार देख्न आतुर थिएँ, मेरी आमा रक्तलेपन हुदै मृत्युलाई चुनौती दिदै छट्पट्याउँदै, चिच्याउँदै थिईन्, अचानक आमा केही शान्त भइन्, मैले अनुभव गर्दै थिएँ कि कसैले आमाको हातलाई कहिल्यै नफुस्किनि गरिसमाउनु भएको छ । अनि केही साहस दिनुभएको छ, त्यो सुपरम्यान मेरो बाबा हुनुहुन्थ्यो । अनि म जन्मेपछि खुसि हुँदै गाउँभरि खुशि बाँड्न हिँड्नुभएको थियो।

मेरो बाबाले, मेरो खुशीको लागि आफ्नो खुशी कहिल्यै हेर्नू भएन। मैले नाटक गरेर झारेको आँशु पुछेर मेरो रहर पूरा गर्ने मेरो बाबाले आफ्नो वास्तविक आँशु कहिले देखाउनुभएन,  मेरो हरेक कुरालाई सधैं विश्वास गरेर मलाइ हिम्मत दिने मेरो बाबा नि एक पुरुष हो अनि म कसरी अविश्वास गरुँ त्यो पुरुषलाई?

म भन्दा केबल १८ महिने जेठो दाईले मेरो निमित्त आमाको काख छोड्नु पर्यो, सबैभन्दा मिठो खानेकुरा या भनुँ अमृत आमाको दूध छोडिदियो। अनि मैले झगडा गर्दा बाबाले ल्याईदिएको सबै खेलौना मेरो निम्ति त्यागिदियो, मेरो कारण मेरो दाईको बाल्यकाल त्यागमा नै बित्यो तर पनि मेरो दाईले मेरो यो हात अनि न्यानो साथ कहिले छोडेन, अनि म कसरि अपमान गरुँ त्यो पुरुषको ?

जब म कतै बाहिर निस्किन्थे तब मेरो भाई दिदिलाई केहि हुन्छ कि ? दिदिलाई कसैले केहि गर्छ कि ? भन्ने सोचेर मलाई उस्को नजरबाट टाढा बनाउन चाहँदैनथ्यो । म सँग हुँदा झगडा गरिरहन खोज्ने म भन्दा धेरै सानो भाइले म उस्को नजरबाट अदृष्य हुनसाथ मेरै चिन्ता लिने गर्थ्यो अनि म कसरि बिरोध गरुँ त्यो पुरुषलाई?

थाहा नै नपाई रजस्वला भएर बाहिर कपडामा छापिएको दिन मेरै केटी साथीले खिल्ली उडाइरहँदा मेरो केटा साथि मेरो आँशु पुछ्दै पसलबाट प्याड किनेर ल्याईदिन कत्ति लाज मानेन, अनि म कसरी खिल्ली उडाउँ त्यो पुरुषको ? जब पेट दुखेर आफुलाई सम्हाल्न नसक्ने स्थतिमा बस चढेँ महिला सिटमा बसेकि २५ बर्षिय दिदिले बस भन्न नसक्दा ६० वर्षिय बाबाले सिट छाड्न कत्ति अफ्ट्यारो मान्नुभएन अनि कसरी सहुँ विरोध त्यो पुरुषको ??

एक दिन एकान्तमा हिँडिरहदा पापी दुष्टले जिउँदै मारिदियो मलाइ, लुटुदियो मेरो इज्जत, कुनै प्रतिकार गर्न सकिन, जब मर्न विकल्प खोज्दै थिएँ, मृत्युको बाटो, रोज्दै थिएँ, मेरो बुबा, दाई, भाई, मामा, साथिले मलाई सम्झाउनु भयो, मेरो आँशु पुछिदिनुभयो, मेरो साथमा हिम्मत बनेर सयौं पुरुष खडा थिए, अनि म कसरी तिरस्कार गरौं ती पुरुहरुलाई ?

जब फलानि यस्ति भनेर पँधेरीमा मेरो पीडामा दु:ख देखाएजस्तो गरि हाँसो फैलिदै थियो। त्यो मेरो पीडामा, मेरो विगतलाई केही वास्ता नगरि । मलाई अपनाउन सिन्दुर लिएर आयो एउटा पुरुष, अनि म कसरि घृणा गरौं त्यो पुरुषलाई ??

मेरी सासू अनि नन्दले मेरो बिरोध अनि अपमान गरिरहँदा मेरो ससुरा अनि देवर मेरो साथमा खडा भईरहे अनि म कसरी हेला गरुँ त्यो पुरुषलाई?

जब आफुमाथि पनि अपराध भयो, तब म जस्ता अन्याय अनि अपराधमा पिल्सिरहेका नारीहरुको उद्धारको लागि महिला संस्थामा आबद्ध भएँ तब त्यहाँ हजारौं नारीहरुको बेदना सुने । कोहि आफ्नै बुबा, दाई, हजुरबुबा, मामाबाट बलात्कारको शिकार भएका थिए, कोही प्रेम प्रस्ताब अस्विकार गर्दा तेजाबबाट जलेका थिए । कोही छोरी-छोरी पाएको कारण घरबाट निकालिएका थिए, कोही दाईजोको कारण जल्दाजल्दै बाँचेका थिए । कोही घरेलु हिंसाको शिकार भएर शरिरभरि यातनाको डाम लिएर आएका थिए, अनि कोहि बिदेशमा पैसाको भाउमा बेचिएर उद्दार भएका थिए। त्यतिबेला पनि त्यस्ता अपराध निर्मुल पार्नुपर्छ भन्दै महिला शसक्तिकरणको सहयोग लागि रकम अनि कानुनी सहायताको लागि आश्वासन लिएर आए समाजसेवीहरु, जो पुरुष थिए । हामी महिलाको लागि आवाज बनेर आए पत्रकारहरु जहाँ ९५% पुरुषनै थिए। नारीको हकहितमा अपराधिलाई सजाय होस् भनि न्याय बनेर आए न्यायधिसहरु जो पुरुषनै थिए। अनि देखेकी छु नारी सुरक्षाको लागि दिनरात नभनि खटिरहेका सुरक्षाकर्मिहरु अनि कसरि तिरस्कार गरौं म त्यो पुरुषहरुलाइ ?

हो, हरेक अन्याय मलाई पुरुषरूपी दानवबाटै भयो, तर हरेक अफ्ठ्यारोमा मैले मेरो साथमा पुरुष नै खडा पाएकी छु, त्यसैले म सम्मान गर्छु पुरुषलाई । विरोध गर्छु कुनै व्यक्ति वा अपराधिको तर त्यसमा सिङ्गो पुरुषलाई विरोध गर्न अहँ म सक्दिनँ । अनि त्यसैले त अझ रहर छ यो देशको लागि यो समाजको लागि एउटा पुरुष मेरो कोखबाट जन्मियोस् अनि यो प्राण एउटा पुरुषकै काखमा अन्त्य होस् ।

जब फलानी यस्ती र उस्ती भनेर पँधेरीमा मेरो पीडामा दु:ख देखाएजस्तो गरि हाँसो फैलिदै थियो। त्यो मेरो पीडामा, मेरो विगतलाई केही वास्ता नगरी मलाई अपनाउन सिन्दुर लिएर आयो एउटा पुरुष, अनि म कसरी घृणा गरौं त्यो पुरुषलाई ??

म पनि चाहान्छु कुनै भ्रुण हत्या नहोस् । कयौं निर्मलाले न्याय पाउन अनि अब अर्की कुनै निर्मला जन्मिन नपरोस् । सयौं एसिडबाट जलेकी मुस्कानको मुस्कान फिर्ता आओस् अनि अब अर्की कुनै मुस्कान एसिड प्रहारले छट्पटिन नपरोस् । म पनि चाहान्छु दानव व्यवहार देखाउनेहरु कुनै पनि पावर अनि पहुँचले बँच्न नसकुन् । हरेक बलात्कारिलाई हाँसि-हाँसि फाँसि चढाउन सकियोस्। तर कुनै एउटा व्यक्तिको गलत सोच,  अनि दानविय व्यबहारले महिला अनि पुरुषबीचको विश्वास, भरोसामा कहिल्यै आँच नआओस् ।

आज अन्तराष्ट्रिय नारी दिबस ( मार्च ८); आउनुस् हातेमालो गरेर पुरुष र महिलाबीचको लडाईको अन्त्य गरि अन्याय र अत्याचारबिरुद्धको लडाइ लडौं ।  नारी शसक्तिकरणको आवाज उठाऔं । गलत गर्नेबिरुद्ध आवाज उठाऔं, चाहे महिला होस् वा पुरुष। छोरीलाई घरको ईज्जत जोगाउ भनेर शिक्षा दिने आमाहरु, छोरालाई अरुको घरको इज्जत नलुट्नु भनेर शिक्षा दिनु । मेरो छोरीलाई ज्वाईंको घरमा माया मिलोस् भनेर चाहना राख्ने सासुहरु आफ्नी घरमा भित्रिएकी लक्ष्मीरुपी बुहारीलाई छोरीको दर्जा दिनु । मेरो बाबा आमा मेरो लागि सबथोक हो भन्ने छोरीहरु, बुहारी भएपछि सासु-ससुराको हेरबिचार गर्नुपर्यो भन्ने झन्झटमा बृद्धा आश्रममा नपठाउनु। छोरा छोरीलाई बराबर मान्यता दिन जोड गरौं, समान शिक्षा पाउनु पर्छ भन्नेमा जोड दिऔं। नारी शसक्तिकरणमा जोड दिऔं। अन्याय, अत्याचार, अपराध, कु- संस्कारबिरुद्ध लडाई गरौं, पुरुष महिलाबीचको बिभेद अन्त्य गरौं ।

नारी हकको लागि पिडित नारी आजकै दिन कुर्न नपरोस्। अनि नारीबाट नै नारी हेपिन नपरोस्।

आज एकदिनको लागि मात्र होईन हरेक दिन महिला शसक्तिकरणको आवाज उठोस्। सबैलाई अन्तराष्ट्रिय महिला दिवसको शुभकामना !

प्रतिक्रिया