अछाम कांग्रेस सभापतिमा पुष्प शाह विजयी


काठमाडौं – नेपाली कांग्रेसको अछाम सभापतिमा पुष्पबहादुर शाही विजयी भएका छन् । दोस्रो चरणको मतदानबाट शाही ७७९ सहित निर्वाचित भएका हुन् ।

संस्थापन पक्षका शाहीले आफ्नो प्रतिस्पर्धी भरतकुमार स्वारलाई हराउदै सभापतीमा विजयी भएका हुन् । पराजित स्वारले ७११ मत ल्याए । जम्मा १४९७ मत खसेको मध्ये ७ मत बदर भएको थियो।

शनिबार भएको अधिवेशनमा तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि सोमबार पुनस् मतदान भएको थियो ।

सभापतिका तीन उम्मेदवार शाह, स्वार र राजन कुँवरबीच शनिबार भएको मतदानबाट कुँवर सबैभन्दा कम मत पाएर बाहिरिएका थिए।

प्रतिक्रिया