एमसीसी पास भएलगत्तै किन आउँदै छन् चिनियाँ विदेशमन्त्री नेपाल?


काठमाडौँ – अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनुमोदन हुनबाट रोक्न हरसम्भव प्रयास गरेको चीनले एमसीसी अनुमोदन भएसँगै आफ्ना विदेशमन्त्रीलाई नेपाल भ्रमणमा पठाउने भएको छ।

एमसीसी अनुमोदन भएलगत्तै चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी नेपाल भ्रमणमा आउने भएका हुन्। उनको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ।

चीनले आफ्ना विदेशमन्त्री नेपाल आउन चाहेको कुटनीतिक पत्र परराष्ट्रमन्त्रालयमा पठाइसकेको छ। उनको भ्रमण मिति तय भएको छैन। यद्यपी उनी चैतभित्र नेपाल आउने लगभग पक्का छ। संसदबाट एमसीसी सम्झौता पास भएलगत्तै, एक साता अघि चिनियाँ पक्षले विदेशमन्त्री वाङ चैत दोस्रो साता नेपाल आउनसक्ने जानकारी गराएको थियो।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले पनि सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेशी मुलुकबाट महत्वपूर्ण उच्चस्तरीय भ्रमण हुन लागेको बताएका थिए। यद्यपी उनले कुन देशबाट कुन तहको भ्रमण हुन लागेको भन्ने स्पष्ट खुलाएका थिएनन्।

प्रतिक्रिया