कांग्रेस अधिवेशनः अछाम सभापतिमा दाेस्राे चरणकाे मतदान सुरू


अछाम – नेपाली कांग्रेस अछामकाे सभापतिमा दाेस्राे चरणकाे मतदान हुने भएकाे छ ।

सभापतिका उम्मेदवार पुष्पबहादुर शाह र भरतकुमार स्वाँरले कुल मतकाे ५१ प्रतिशत मत ल्याउन नसकेपछि दाेस्राे चरणमा चुनाव हुने भएकाे हाे ।

दोस्रो चरणको मतदान आज बिहान १० बजेबाट सुरू भएको छ ।

दुई उपसभापतिमा पाँच जना प्रतिस्पर्धामा छन् । चन्द्रप्रसाद ढुंगाना, टेकबहादुर साउँद, धनबहादुर शाह, नयाँराम बजगाईं र ललितबहादुर कुँवर चुनावी मैदानमा छन् ।

प्रतिक्रिया