

राप्रपाका नेता शेरचनको निधन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको निधन भएको छ। लामो समयदेखि मधुमेहबाट पीडित उनको ७८ वर्षको उमेरमा आइतबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए। उनी तत्कालीन राप्रपा नेपालका महामन्त्री र राजाको प्रत्यक्ष शासनकालमा क्षेत्रीय प्रशासक थिए।
शेरचनको निधनमा शोक प्रकट गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफू दुस्खी र स्तब्ध भएको बताएका छन्। उनले जारी गरेको शोक वक्तव्यमा शेरचन इमान्दार र राष्ट्रवादी व्यक्तित्व भएको उल्लेख छ। उनको निधनले राष्ट्रवादी आन्दोलनलाई क्षति पुगेको लिङ्देनले बताएका छन्। शेरचनको आजै आर्यघाटमा अन्त्येष्टि गरिनेछ। उनका एक श्रीमती, तीन छोरा र एक छोरी छन्।

