कांग्रेसभित्र कुनै तिक्तता छैन, पार्टी चुनाव केन्द्रित भइसक्याे : शेखर कोइराला


काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै तिक्तता नरहेको बताएका छन्।

नेपाली कांग्रेस विराटनगर महानगरपालिका कार्यसमितिद्वारा आयोजित वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका विषयक सभालाई सम्बोधन गर्दै उनले पार्टी एक रहेको बताएका हुन्।  नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा एउटा र सत्तामा जाँदा अर्को कुरा गर्ने पार्टी नभएको उनको भनाइ थियो।

सिद्धान्त र विचार नमिल्ने कम्युनिष्टसँग तालमेल गरेर नेपाली कांग्रेस चुनावमा नजाने भन्दै कोइरालाले कांग्रेस निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नेबताऐ। ‘कठिन परिस्थितिमा बनेको गठबन्धन सरकार चलाउनलाई मात्र हो,’ उनले भने ‘गठबन्धनका आगामी चुनावसम्मका लागि होइन।’

प्रतिक्रिया