आज संसद् बैठक बस्दै, यस्ताे छ कार्यसूची


काठमाडौँ – आज आइतबार प्रतिनिधि सभाको बैठक बस्दैछ । आज बैठकको सम्भावित कार्यसूची शनिबार नै सार्वजनिक भइसकेकाे छ।

संघीय संसद् सचिवायलका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने कार्यतालिका छ ।

त्यस्तै बिहान साढे ११ बजे संघीय संसद् भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।

प्रतिक्रिया