
स्वतन्त्र मुलुक युक्रेनमाथिको आक्रमण स्वीकार्य छैनः नेता पौडेल
काठमाडौं – नेपाली काँग्रेसका नेता प्रदिप पौडेलले स्वतन्त्र मुलुक युक्रेनमाथि आक्रमणगर्ने, स्वाधीनता र सार्वभौमिकताको खिलाफमा गरिने कार्य विश्व जगतका लागि किमार्थ स्वीकार्य नहुने बताएका छन् ।
रुस र युक्रेनबीच भइरहेको युद्धको विषयमा सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै नेता पौडेलले युद्धले समाधान दिन नसक्ने भन्दै स्वतन्त्र राष्ट्रको अस्तित्व कायम गर्न विश्वव्यापी दवाव सिर्जना गर्न आव्हान समेत गरेका छन् ।
उनले लेखेका छन्,‘रूसले युक्रेनमाथि गरेको आक्रमणको विश्वव्यापी निन्दा भइरहेको छ,स्वतन्त्र मुलुकमाथि आक्रमणगर्ने, स्वाधीनता र सार्वभौमिकताको खिलाफमा गरिने कार्य विश्व जगतका लागि किमार्थ स्वीकार्य हुँदैन । युद्धले सामाधान दिन सक्दैन र स्वतन्त्र राष्ट्रको अस्तित्व कायम गर्न विश्वव्यापी दवाव सिर्जना गरौं।’
युक्रेनबाट नेपाली विद्यार्थीको उद्धार गर्न माग
नेपाल विद्यार्थी संघले विदेशी भूमिमा रहेका आफ्ना नागरिकमाथि युद्ध, प्राकृतिक विपत्ति महामारी आदिका कारण सुरक्षा चुनौती आइपर्दा नागरिकको जीउधनको रक्षा गर्नु राज्यको कर्तव्य भएकाले युक्रेनमा रहेका नेपाली नागरिक एबम् विद्यार्थीको उद्धार गर्न सरकारसँग माग गरेको छ ।
नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले विहीबिार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका विद्यार्थीमाथि सुरक्षा चुनौति बढ्दै गएकोले संकटमा परेका नागरिकका लागि राज्यले कूटनीतिक पहल लगायत आबश्यक प्रवन्ध गरी उनीहरुको अबिलम्ब उद्धार गर्न जोडदार माग गरेका छन् ।



कागजपत्र |
