
रुसले ध्वस्त बनाएका हरेक घर, सडक र सहर पुनर्निर्माण गर्नेछौँ : जेलेन्स्की
काठमाडाैं – युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले युक्रेनको सार्वभौमसत्ता र नागरिकको देशप्रेमलाई कहिल्यै तोड्न नसक्ने बताएका छन् ।
राजधानी किभमा रुसी आक्रमण बढिरहेका बेला मध्यराति भिडियो सन्देश जारी गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसले आफ्नो देशका नागरिक मार्ने, स्कुल, सडक, पुल, भवनहरू भत्काउने र भौतिक संरचना ध्वस्त पार्ने काम गरे पनि युक्रेनको सार्वभौमसत्तालाई केही गर्न नसक्ने बताए।
उनले आफ्नो देशलाई छिटै पुनर्निर्माण गर्ने पनि वाचा गरे। ‘रुसले ध्वस्त बनाएका हरेक घर, हरेक सडक र हरेक सहर हामीले पुनर्निर्माण गर्नेछौँ’, जेलेन्स्कीले भने । युक्रेनका नागरिको आत्मबल र प्रतिरोधका कारण रुसी सेना डगमगाइरहेको र छिटै पराजित हुने पनि उहाँले बताए।
उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्ना सेना आफ्नै भूमिमा फर्काउन पनि फेरि आग्रह गरे । यसैबीच युक्रेनका ठूला सहरमा रुसले आक्रमण जारी राख्दा अहिलेसम्म १० लाख जना मानिसले युक्रेन छोडेका छन् । बीबीसी



कागजपत्र |
