
राष्ट्र उत्थान लघुवित्तद्वारा शेयर रजिष्ट्रार नियुक्त
काठमाडौं – राष्ट्र उत्थान लघुवित्तले शेयर रजिष्टार नियुक्त गरेको छ । लघुवित्तले शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल लाई नियुक्त गरेको हो । अब लघुवित्तको शेयर रजिष्टारको काम एनआइबिएल एस क्यापिटल मार्फत हुने भएको छ ।
अब राष्ट्र उत्थान लघुवित्तको शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु एनआइबिएल एस क्यापिटले गर्नेछ । यसले केही समय पहिले मात्रै आईपीओ जारी गरेको हो ।



कागजपत्र |
