उपत्यकामा एकैदिन १३ सय ९६ जना चालकमाथि कारवाही


काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३९६ जना चालकमाथि कारवाही गरेको छ।

शनिबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ७५ जना, मदिरा पिएर सवारी साधन चलाउने ५७ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५४ जना रहेका छन्।

यस्तै, रातो बत्तीको उल्लङ्घन गर्ने ४७ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ४० जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २२ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २० जना चालकमाथि कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएका छ।

प्रतिक्रिया