नेपालसँग कुनै सीमा विवाद नरहेको चीनको प्रष्टोक्ति


काठमाडौं – चीनले नेपालसँग कुनै सीमा विवाद नरहेको बताएको छ । हुम्लाको नाम्खा क्षेत्रमा भएको सीमा विवादको विषयमा छानबिन समिति बनाउने सरकारको निर्णयपछि चीनले यस्तो प्रतिक्रिया जनाएको हो ।

नेपालमा रहेको चिनियाँ दूतावासले यसबारेमा यसअघि नै नेपाल सरकार आफैँले स्पष्ट पारिसकेको उल्लेख गरेको छ ।

सन् १९६० को दशकमा नै नेपाल र दुई देशले मैत्रीपूर्ण छलफलबाट सीमा विवाद हल गरिसकेको चिनियाँ राजदूतावासका प्रवक्ता लुअन सिउतानले भनेका छन् ।

केही समयअघि नेपाल र चीनबीच सीमा विवाद छ भन्दै केही व्यक्तिगत शक्तिहरुले उचाल्न खोजे पनि नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर स्पष्ट पारिसकेको उनको भनाइ छ ।

दुुई देशबीचको विकास तथा सहायताका लागि नेपालसँग मिलेर हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न चाहेको पनि चीनले उल्लेख गरेको छ ।

हुम्लासँग सीमा जोडिएको तिब्बतको सिजाङबाट नेपालतर्फ भूकम्प, बाढीपहिरो र महामारीजस्ता विपदमा मानवीय सहायता प्रदान गरिराखिएको समेत चीनले भनेको छ ।

 

प्रतिक्रिया