

महोत्तरीको शंकास्पद वस्तु टाइम बम भएको पुष्टी, सेनाद्वारा निष्कृय

अहिले त्यहाँको जनजीवन सामान्य बनेको नगर प्रमुख हरि मण्डलले जानकारी दिए । प्रहरीले उक्त बमको बिषयमा अनुशन्धान अगाडि बढाएको छ । नगरपालिका कार्यालय नजिकै राखिएको बमको बिषयमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
विहान करिब १० बजे झोलाभित्र प्रेसर कुकर र तार फेला परेपछि स्थानीयले प्रहरीलाइ खवर गरेका थिए ।

