


युक्रेनले भन्यो, ‘रुसी सेना राजधानी किएभमा पसे’

किएभ – रुसी सेना राजधानी किएभमा पसिसकेका युक्रेनले जनाएको छ । युक्रेनको रक्षा मन्त्रालयले आज शुक्रवार एक ट्वीट गर्दै यो कुराको पुष्टि गरेको हो ।
‘शत्रु’ (रुसी सेना) राजधानी किएभमा रहेको संसदबाट नौ किलोमिटर टाढा रहेको युक्रेनको रक्षा मन्त्रालयले बताएको बीबीसीले जनाएको छ । यस्तै मन्त्रालयले नागरिकहरूलाई पेट्रो बमको माध्यमबाट जवाफी कारबाही गर्न सुझाव दिएको छ ।
सामाजिक सञ्जालमा देखिएका भिडियोमा रुसी सेनाको ट्याङ्क ओभोलोन वरिपरि देख्न सकिन्छ । ओभोलोन राजधानी किएभ नजिकको क्षेत्र हो । रुसले युक्रेनमाथि हिजो बिहीवार आक्रमण शुरु गरेको थियो ।
त्यो घोषणापछि रुसी सैनिक विभिन्न भागबाट युक्रेन पसिरहेका छन् । युक्रेनी अधिकारीहरूले रुसी सैनिक राजधानी किएभमा पसिसकेको बताएका छन् । बीबीसी

