


शिवम् सिमेन्टका कार्यकारी अध्यक्ष गोयललाई प्रोफेसनल डक्टरल सर्टिफिकेट प्रदान

काठमाडौं – शिवम् सिमेन्ट लिमिटेडका कार्यकारी अध्यक्ष डा. सुरेन्द्रकुमार गोयललाई प्रोफेसनल डक्टरल सर्टिफिकेट प्रदान गरिएको छ । युरोपियन इन्टरनेशनलल युनिभर्सिटी पेरिस फ्रान्सले गोयललार्य सम्मान गर्दै प्रोफेस्नल डक्टरल सर्टिफिकेट इन बिजनेस म्यानेजमेन्ट (विद्यावारीधि) उपाधि प्रदान गरेको हो ।
उनको कुशल व्यवस्थापन तगा व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै थाइल्याण्डमा आयोजित एक समारोहबीच उपाधि प्रदान गरेको हो । गोयल स्थापनाकाल देखिनै शिवम् सिमेन्टमा आबद्ध छन् । उनले सिमेन्टलाई छोटो समयमा ग्राहकहरु माझ लोकप्रिय ब्राण्ड बनाउन सफल भएको कम्पनीले बताएको छ ।
उनको कुशल व्यवस्थापन र कार्यदक्षताका कारणले गर्दा नै शिवम् सिमेन्ट नेपालको उत्कृष्ट एवम् गुणस्तरीय ब्राण्ड बन्नुका साथ साथै सर्वसाधारणमा शेयर निस्काशन गरी उच्च प्रतिफल दिने नेपालकै पहिलो लिमिटेड कम्पनी बन्न सफल भएको कम्पनीको भनाई रहेको छ ।

