युक्रेन र रुस तनावका बीच शुक्रबार एसियाली सेयर बजारमा हरियाली


काठमाडौं – रुसमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धपछि अमेरिकासँगै एसियाली बजार उकालो लागेको छ। जापानको निक्की २२५ इन्डेक्स शुक्रबार ०.९ प्रतिशतको वृद्धिका साथ खुलेको हो । अन्य परिसूचक पनि बढेका छन्। दक्षिण कोरियाको कोस्पी १.६ प्रतिशत बढेको छ। उता सिड्नीको एएन्डपी÷एएसएक्स २०० पनि ०.३ प्रतिशतले उकालो लागेको छ।

पूर्वी युरोपमा बढ्दो तनावका कारण तेलको भाउ बढ्ने र आपूर्ति श्रृंखलामा पनि नराम्रो असर पर्ने बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई विद्रोही नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएका छन् । स्वघोषित जनवादी गणतन्त्र डोनेस्क र लुहान्स्क रुसी समर्थित विद्रोहीहरूको घर हो र २०१४ देखि युक्रेनी सेनासँग लड्दै आएका छन्। विश्व अर्थतन्त्र भर्खरै कोरोना भाइरसको प्रकोपबाट उकास्न थालेको थियो कि नयाँ संकट खडा भयो। लगानीकर्तामा डर छ । त्यस्तै युरोपमा पनि यसको असर देखिएको छ ।

युक्रेनमा भएको आक्रमणपछि बिहीबार विश्व सेयर बजारमा ठूलो गिरावट आएको थियो । बिहीबार पनि कच्चा तेलको मूल्यमा सामान्य गिरावट आएको थियो। बिहीबार तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ। रुस विश्वमा तेलको दोस्रो ठूलो निर्यातक र प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक हो। अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण तेल र ग्यासको मूल्य बढ्ने अनुमान गरिएको छ।

प्रतिक्रिया