


एमसीसीबारे छलफल गर्न जसपा कार्यकारिणी समितिको बैठक सुरु

काठमाडौं – जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । एमसीसी, स्थानीय चुनाव, समसामयिक राजनीतिक घटनाक्रम लगायतका एजेण्डामा छलफल गर्न आज ग्वार्कोको एक होटलमा बैठक सुरु भएका हो।
जसपा भित्रको आन्तरीक द्वन्दका कारण उक्त पार्टीको बैठक लामो समय देखि बस्न सकेको थिएन । पार्टीमा दुईजना अध्यक्ष हुनुपर्ने, पार्टी समावेशी हुनुपर्ने, नियमित बैठक बस्नुपर्ने लगायतका कुरालाई लिएर पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईबीच आन्तरिक द्वन्द चलिरहेको छ ।
आजको बैठकमा एमसीसीको बारेमा पनि छलफल हुनेछ । एमसीसीको विषयमा पार्टीमा मतमतान्तर रहेको छ । अध्यक्ष यादव एमसीसीको विपक्षमा छन् भने अध्यक्ष भट्टराई एमसीसी पारित हुनुपर्ने पक्षमा छन् । आज पार्टीले एमसीसीको बारेमा आधिकारिक निर्णय गर्नेछ ।

