


एमाले अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदै

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाने भएका छन्।
एमाले कास्कीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न उनी आज बिहान साढे १० बजे पोखरा जान लागेको ओलीको सचिवालयले जनाएको छ।
यति एयरमार्फत उनी पोखरा जाने र आजै आजै काठमाडौं फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। विभिन्न पार्टी परित्याग गरेर ठुलै सङ्ख्यामा नेता, कार्यकर्ता आउने भएपछि तिनलाई एमालेमा भित्र्याउन अध्यक्ष ओली नै पोखरा आउने कार्यक्रम तय भएको एमाले गण्डकीका उपसचिव रश्मि आचार्यले जानकारी दिए ।

