
आजदेखि जसपाको बैठक : एमसीसी र पार्टीकाे विवादबारे छलफल
काठमाडौं – आन्तरिक बिबादका कारण लामो समय देखी हुन नसकिरहेको तराई मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारणी समितिको बैठक आजवाट काठमाडौंमा सुरु हुदैँछ ।
वालकुमारीस्थति केन्द्रिय कार्यालयमा बिहान ११ बजे देखी सुरु हुने बैठकले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देखी स्थानिय तहको निर्वाचनसम्मको अजेन्डामा छलफल हुनेछ ।
‘आजको बैठकमा एमसीसी, स्थानिय तह निर्वाचन र पार्टीको बिद्यान सम्मेलन गर्नेलगायत अजेन्डा तय भएका छन्,’ कार्यकारिणी सदस्य प्रशान्त सिंहले न्युज कारखानासँग भने, ‘साथै, समसमायिक राजनीतिक बिषयमा पनि छलफल हुनेछ ।’ उनका अनुसार पार्टी बिभाजन भए पछि केन्द्रिय बिभाग देखी अन्य संरचना तय नभएकाले सो बारेमा पनि छलफल हुनेछ । यसअघि तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भनिएको बैठक अन्तिममा बालकुमारीस्थीत केन्द्रिय कार्यालयमा हुन लागेको हो ।



कागजपत्र |
