
युक्रेनका राष्ट्रपति भन्छन्– रुस मलाई सिध्याउन चाहन्छ
काठमाडाैँ – युक्रेनका राष्ट्रपति भोलेदिमिर जेलेन्स्कीले रुसले आफूलाई सिध्याउन चाहेको आरोप लगाएका छन्। एक भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले भने, ‘उनीहरु युक्रेन प्रमुखलाई राजनीतिकरुपमा सिध्याउन चाहन्छन्। दुश्मनको निशानामा पहिलो नम्बरमा म छु र दोस्रोमा मेरो परिवार छन्।’
जेलेन्स्कीले अहिले आफू राजधानी किभस्थित सरकारी घरमा बसिरहेको र आफ्नो परिवार पनि युक्रेनमा नै रहेको उल्लेख गरेका छन्। उनले दुश्मन राजधानीमा छिरिसकेको बताएका छन्।
जेलेन्स्कीलाई अमेरिका समर्थित राष्ट्रपति मानिन्छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जेलेन्स्कीले युक्रेनलाई अमेरिकाको उपनिवेश बनाएको अरोप लगाउँदै आएका छन्।
सन् २०१४ मा रुस समर्थित सरकार ढालेसँगै पुटिन युक्रेनको सरकारसँग असन्तुष्ट रहँदै आएका छन्। जेलेन्स्की युक्रेनलाई अमेरिकी सैन्य गठबन्धन नेटोमा सामेल गराउन चाहन्छन् तर पुटिन कुनै पनि हालतमा यसो हुन नदिने पक्षमा छन्। युक्रेन नेटोमा सामेल हुने आफ्नो राष्ट्रिय सुरक्षाको चुनौती भएको पुटिनको बुझाइ छ।



कागजपत्र |
