एमसीसीप्रति चिनियाँ चासो : ओली र नेपालसँग छलफल


काठमाडौं – नेपालमा अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा नेताहरु आन्तरिक तथा बाह्य छलफलमा तिव्र रुपमा जुटेका छन् ।

सो क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले छलफल गरेका छन् ।

बिहीबार दिउँसो चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नेताहरुले सम्वाद गरेका हुन् । ओलीसँग विदेश विभाग प्रमुख सङ ताओ र नेपालसँग विदेश विभाग उपप्रमुख चेन झाओले भिडियो सम्वाद गरेका हुन् ।

नेपालमा अमेरिकी सहयोग परियोजना लागू हुने भएसँगै चिनियाँ नेताहरुले चासो देखाएका छन् ।

प्रतिक्रिया