नेपालमा इलेक्ट्रीक भेहिकल आयोनीक ५ विक्री सुरु, यस्ता छन् विशेषता


काठमाडौैं – नेपालको लागि हुन्डाईमोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रीक भेहिकल आयोनीक–५ विक्री सुरु गर्ने भएको छ । आयोनीक–५ हुन्डाईको नयाँ आयोनीकलाइन अपअन्तर्गत ‘स्पेशलाइज्ड इजीएमपी व्याट्री इलेक्ट्रीक भेहिकलप्लेटफर्म’मा बनेको हो । निकै बोल्ड, यूनीकर डाइनामीक डिजाइनमा तयार गरिएको हुन्डाई आयोनीक–५ ले ‘टप गियर इलेक्ट्रीक बेस्ट डिजाइन अवार्ड–२०२१’ पाउन सफल भएको थियो । नयाँ आयोनीक–५ भविष्य उन्मुख डिजाइनको कारण विश्वभर चर्चामा रहेको मोडल हो ।

लक्ष्मी इन्टरकन्टीनेन्टलले आयोनीक–५ को लन्चीङसँगै ‘स्टेट अफदि आर्ट’नयाँ इलेक्ट्रीक कारको लागि मात्रै शोरुम संचालनमा ल्याएको छ । इभीको लागि मात्रै बन्ने शोरुममा अहिले विक्र भइरहेको कोना, आयोनीक र आयोनीक ५ राखिने छ । कम्पनीले इभी विक्री मात्र गर्ने नभई नेपालमा इभी कल्चरको विकास गर्न देशैभर चार्जिङ स्टेशनको विस्तार गर्ने तयारी गरिरहेको छ । कम्पनीले इभीको बढ्दो संख्यासँगै देशको विभिन्न स्थानमा ४० वटा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका प्रमुख शहरहरुमा १३ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ ।

यो गाडी अत्याधिक इनर्जी इफिसीयन्सी, उत्कृष्ट प्रफर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन सफल हुने कम्पनीले विश्वास लिएको छ । हुन्डाईको ‘रेभुलुसनरी इलेक्ट्रीक ड्राइभ आर्किटेक्चर’ मानिर्माण भएको आयोनीक–५ मारियर ह्वील ड्राइभ सिस्टम रहेको छ । साथै, यो कारमा शोलार वाभिजन रुफ, भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सीङ वाइपर, व्लाइन्ड स्पट भ्यू मोनिटर तथा भोइस रिकग्नीसन भेहिकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध छन् ।

 

प्रतिक्रिया