आज संसद् बैठक बस्दै, एमसीसीमाथि छलफल हुने कार्यसूची


काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ । संसद् सचिवालयले जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख छ

प्रतिनिधिसभाको बैठक अघि, बिहान ११ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ ।गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरिएको थियो । एमसीसी प्रस्ताव पेस गर्नुपर्ने विभागीय मन्त्री भने संसद् छाेडेर भागेका छन् । उनी एमसीसी टेबुल हुँदा बिरामी भनिएकाे थियाे भने अाजकाे बैठक पनि छलेर पर्वत पुगेका छन् ।

प्रतिक्रिया