गायक लामाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नाचघरमा


काठमाडौँ – लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको शव अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ । भोलि बिहान १० बजेदेखि १२ बजेसम्म श्रद्धाञ्जलीका लागि शव नाचघरमा राख्न लागिएको कलाकार कलाकार दिपाश्री निरौलाले जानकारी दिइन् ।

गायक लामाको बुधबार बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा असामयिक निधन भएको थियो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले गायक लामाको निधनप्रति दु:ख व्यक्त गरेका थिए ।

प्रतिक्रिया