
संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई कांग्रेसको ह्विप
काठमाडौँ – नेपाली कांग्रेसले आज (बिहीबार) बस्ने प्रतिनिधि सभाको बैठकमा उपस्थितिका लागि ह्विप जारी गरेको छ । आजसंसद्मा मिलेनियम च्यालेन्ज कर्पोरेस(एमसीसी)माथि छलफल गर्ने कार्यसूची छ।
‘प्रतिनिधि सभाको बैठकमा उपस्थितिको लागि हाम्रा सांसदहरूलाई ह्विप जारी भएको छ,’ कांग्रेस सचेतक पुष्पा भुसालले भनिन्। गत आइतबारको संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबुल गरेका थिए।
हिजो बुधबार सार्वजनिक संसद्को संभावित कार्यसूचीमा पनि एमसीसीमाथि छलफल हुने उल्लेख छ। संसद् बैठकअघि आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ। एमसीसीमाथि छलफल गरियोस् भनेर प्रस्ताव पेस गर्ने सभामुख भने कामठाडौँ छोडेर भागेका छन्। उनी पर्व उद्योग वाणिज्यसँगको कार्यक्रममा सहभागी हुन कुस्मा पुगेका छन्।
त्यस्तै एमसीसी पेस भएकाे भन्दै विराेध पनि चर्केकाे छ । प्रहरीले संसद् भवन क्षेत्रका सुरक्षा थप बढाएकाे छ । एमसीसीकाे विषयमा सत्तारूढ दलहरू नै सडकमा छन् । तर सत्ता नेतृत्वकर्ता कांग्रेस भने जुनै हालतमा पनि पास गराउने पक्षमा छ । गत आइतबार टेबुल भएकाे एमसीसीमाथि आज बिहीबारकाे बैठकमा छलफल हुने कार्यसूची छ।



कागजपत्र |
