चन्द्रागिरीमा एमसीसी खारेजीको माग गर्दै १३ दलहरुको संयुक्त विरोध प्रदर्शन


काठमाडौं – मिलिनियम च्यालेज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका १३ दलहरुले काठमाडौंको चन्द्रागिरीमा संयुक्त विरोध प्रदर्शन गरेका छन्।

एमसीसी खारेजीको माग गर्दै चन्द्रागिरिमा रहेका १३ राजनीतिक दलले चन्द्रागिरि चेकपोष्टबाट ¥यालीसहित विरोध प्रर्दशन गरेका हुन्।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा नेकपा ( क्रान्तिकारी माओवादी) राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा कम्युनिस्ट पाटी (विप्लव), नेकपा माले, नेपा राष्ट्रिय पार्टीलगायतको १३ दलहरुले विरोध प्रर्दशन गरेका हुन्।

कार्यक्रममा ‘राष्ट्रघाती एमसीसी खारेज गर, नो एमसीसी, वैदेशिक हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, अमेरिकी साम्राज्यवादविरूद्ध राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’लगायतको नारा लगाइएको थियो।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता देव कृष्ण महर्जले राष्ट्रिय सहमति र सहकार्यले मात्र एमसीसी परियोजना अगाडी नबढाई एकतर्फी तबरले मात्र अगाडि बढाउने षड्यन्त्र भइरहेको बताए। एमसीसी परियोजना बिना संसोधन राष्ट्रघाती हुने उनको जोड थियो।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी नेता प्रल्हाद बहादुर कार्कीले राष्ट्रघाती एससीसीको विपक्षमा आफ्नो दल रहेको भन्दै सैन्य रणनीतिको बलवुतावमा आउन लागेको एमसीसी जनताले खारेज गरेरै देखाउने बताए।

कार्यक्रममा राष्ट्रय जनमोर्चाका नेता झविन्द्र बेलवासेले विरोध तथा खबरदारी सभालाई सम्बोधन गर्दै एमसीसी परियोजना नेपालको हितविपरीत रहेको भन्दै खारेजी हुनुपर्ने बताए।

मुलुकमा व्याप्त भ्रष्टाचार न्यूनीकरण गर्न सके देशको विकासका लागि विदेशीको मुख ताक्नुपर्ने अवस्था नआउने नेता बेलवासेको भनाइ छ। एमसीसी परियोजना खारेज गरेर भ्रष्टाचार नियन्त्रण गर्नेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पाटीका नेता देवेन्द्र प्रधानले एमसीसी परियोजना कार्यान्वयनमा आए मुलुकको राष्ट्रियता र स्वाधीनतामा गम्भीर असर पर्ने बताए। उनले एमसीसी परियोजना खारेज नभएसम्म आम जनसमुदायले खबरदारी जारी राख्नुपर्ने आवश्यकता औँल्लाए।

नेकपा (क्रान्तिकारी माओवादी)का नेता सुरेश तामाङले विकास निर्माणका नाममा साम्राज्यवादी सर्त स्वीकार गर्न नसकिने बताए। उनले ५०÷६० अर्ब रुपैयाँका लागि नेपालको सार्वभौमिकतामाथि आँच आउने काम कुनै पनि हालतमा हुन नहुने बताए।

नेपा राष्ट्रिय पार्टीबाट विष्णुभक्त गोपालीले एमसीसी परियोजना संसद्बाट कुनै पनि हालतमा पास गर्न नहुनेमा जोड दिए।

प्रतिक्रिया